गण्डकी प्रदेशको बजेट : खेलकुद विकासलाई प्राथमिकता

पोखरा । गण्डकी प्रदेश सरकारले  प्रदेशमा एक स्थानिय तह एक खेल मैदान निर्माणमा जोड दिएको छ । प्रदेश सरकारले मुख्यमन्त्री कपलाई समेत  निरन्तरता दिने भएको छ   ।

सोमबार गण्डकी प्रदेशको आर्थिक वर्ष  २०७७/२०७८ को   बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले  प्रदेशको समग्र खेलकुद विकासलाई प्राथमिकता राखेको बताए ।

प्रदेश स्तरिय बहुउद्धेश्यिय रंगशाला, क्रिकेट रंगशाला, उच्च उचाई खेल मैदान, गल्फ कोर्ष, स्कीको तालिम केन्द्र र जिल्ला स्तरिय रंगशाला तथा एक स्थानिय तह एक खेल मैदानका लागि ८ करोड ४५ लाख विनियोजन गरेको मन्त्री गुरुङले बताए ।

अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताको आयोजना, खेलाडीलाई प्रोत्सहान भत्ता संगै समग्र खेलकुद बिकासका लागि रकम छुट्टाएको मन्त्री गुरुङले बताए । यस संगै मुख्य मन्त्री कप फुटबल प्रतियोगितालाई समेत प्रदेश सरकारले निरन्तरता दिने भएको छ ।

पोखरामा आयोजना हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापन तथा खेलाडीलाई प्रशिक्षण प्रदान गर्न १ करोड ५० लाख विनियोजन गरिएको छ ।  विजयी खेलाडीलाई पुरस्कृत गर्न आवश्यक बजेट विनियोजन गरिएको समेत  मन्त्री गुरुङले बताएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button