पोखरामा १ पुरुषमा कोरोना संक्रमण पुष्टि

पोखरा । पोखराका  एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार  पोखरा महानगरपालिकाका २१ बर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार उनि भारतबाट आएर महानगरको क्वारेन्टिनमा बसेका थिए । उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको  आइसोलेसन कक्षमा ल्याउने  तयारी भइरहेको निर्देशनालयले जनाएको  छ ।

पछिल्लो २४ घन्टामा  गण्डकी प्रदेशको विभिन्न जिल्लामा १८ जनामा संक्रमण पुष्टि भएको छ ।  यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button