स्याङ्जाका थप ४ जनामा कोरोना पुष्टि

पोखरा । स्याङ्जा जिल्लाका  थप ४ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार  स्याङ्जाका ४ पुरुषमा  कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमण देखिनेमा चापाकोट नगरपालिकाका १८ बर्षीय २ पुरुष, ३५ बर्षीय १ पुरुष र ३९ बर्षीय १ पुरुष रहेका छन् । उनीहरु सबै भारतबाट आएर स्थानीय  क्वारेन्टिनमा रहेका व्यक्तिहरु  रहेको निर्देशनालयले जनाएको छ । संक्रमितहरुलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको निर्देशनालयले उल्लेख गरेको  छ ।

यस सँगै स्याङ्जामा कोरोना पुष्टि हुनेको संख्या ६४ पुगेको छ । स्याङ्जामा  कोरोना संक्रमणबाट हालसम्म एक जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा  गण्डकी प्रदेशका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाका ४ जना पुरुष सहित बागलुङका  १ जना पुरुष,  नवलपरासी बर्दघाट सुस्ता पूर्वकका २ जना पुरुष, गोरखाका ९  जना पुरुष र १ महिला तथा कास्कीका १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससंगै  प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ६३ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ४६ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष र तनहुँका ९ जना पुरुष, पर्वतका ६ बर्षीय बालकसहित २६ जना पुरुष, गोरखाका २३ जना पुरुष र २ महिला तथा कास्कीका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

संक्रमित मध्ये २०  जना निको भइ घर फर्किसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button