पर्वतका ३ जनासहित गण्डकीका थप २१ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशका थप २१ जनामा कोरोना पुष्टि भएको छ ।

बुधबार  पर्वत र नवलपरासी बर्दघाट सुस्ता पूर्वका २० पुरुष  र १ महिलामा  कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमण देखिनेमा पर्वत  फलेवास  नगरपालिका २ पुरुष र १ महिला तथा नवलपरासी बर्दघाट सुस्ता पूर्वका हुप्सेकोट गाउँपालिका १८ देखि ३६ बर्ष उमेर समुहका १४ जना पुरुष, मध्यबिन्दु नगरपालिकाका १६ र ३० वर्षका २ पुरुष, कावासोती नगरपालिकाका ३७ बर्षीय पुरुष तथा पालिका नखुलेका २७ बर्षीय १ पुरुष रहेका छन् ।

संक्रमितहरुलाई सम्बन्धित  जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको निर्देशनालयले उल्लेख गरेको छ ।  यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या कुल २ सय ४७  पुगेको छ।

गण्डकी प्रदेशमा हालसम्म तनहुँका ११ जना पुरुष सहित बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ६३ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ६४ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष , पर्वतका ६ बर्षीय बालकसहित २८ जना पुरुष र १ महिला , गोरखाका २३ जना पुरुष र २ महिला तथा कास्कीका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

संक्रमित मध्ये २२ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button