पर्वतका थप ५ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमित २९४ पुगे

पोखरा । गण्डकी प्रदेशको पर्वत जिल्लामा  थप ५  जनामा कोरोना पुष्टि भएको छ ।

बिहीबार पर्वतका तीन पालिकाका ४  पुरुष र एक महिलासहित ५  जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमण देखिनेमा भारतबाट फर्किएर कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका कुश्माका ४२ बर्षीय पुरुष र २० बर्षीय महिला, मोदी गाउँपालिकाका ३० बर्षीय पुरुष तथा फलेवास नगरपालिकाका ३० र ३७ बर्षीय २ जना  पुरुष रहेका छन् ।

संक्रमितलाइ पर्बत जिल्लाको कुश्मा नगरपालिकामा रहेको कोरोना अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ । बिहीबार पर्वत जिल्लाका ५ जनासहित गण्डकी प्रदेशका थप ४७  जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ९४ पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म पर्वतका  ६ बर्षीय बालकसहित ३२ जना पुरुष र २ महिला, तनहुँका २३ जना पुरुष, बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ६३ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ८२ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष , गोरखाका ३३ जना पुरुष र ३ महिला तथा कास्कीका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको मनाङमा  बिहीबारपहिलोपटक  १ जना संक्रमित फेला परेका छन् । यो सँगै प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या १० पुगेको छ ।

प्रदेशमा संक्रमित मध्ये २२ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button