गण्डकीमा थप ३० जनामा कोरोना पुष्टि, प्रदेशमा आजै थपिए ७७ जना

पोखरा । गण्डकी प्रदेशमा थप  ३० जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका ५ जिल्लाका थप ३०  जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमण देखिनेमा भारतबाट फर्किएर स्थानीय  क्वारेन्टिनमा रहेका स्याङजाका ७ जना पुरुष र २ महिला, पर्वतका ४ जना पुरुष, तनहुँका ३ जना पुरुष, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १३ जना पुरुष र बागलुङ गल्कोटका १ पुरुष रहेका छन् । संक्रमितलाइ सम्बन्धित  जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३  सय २४ पुगेको छ ।

यसअघी आजै पर्वतका ५ जनासहित गण्डकी प्रदेशका थप ४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको थियो ।  यसअघी आज बिहान नै पर्वतको कुश्माका ४२ बर्षीय पुरुष र २० बर्षीय महिला, मोदी गाउँपालिकाका ३० बर्षीय पुरुष तथा फलेवास नगरपालिकाका ३० र ३७ बर्षीय २ जना पुरुष ,कपिलबस्तुबाट फर्किएका मनाङका १ जना, तनहुँको ऋसिङ गाउँपालिका २० देखि ४० बर्ष समुहका ७ जना पुरुष, गैडाकोट नगरपालिकाका २८ बर्षीय पुरुष तथा शुक्लागण्डकी नगरपालिकाका १८ बर्षीय पुरुष, गोरखाको पालुङटार नगरपालिकाका २३ देखि ४६ बर्ष समुहका ६ जना पुरुष तथा १ महिला, शहिद लखन गाउँपालिकाका २७ देखि ५४ बर्ष उमेर समुहका ४ जना पुरुष र नवलपरासी बर्दघाट सुस्ता पूर्व मध्यबिन्दु नगरपालिकाका १७ देखि ४५ बर्ष समुहका १७ पुरुष र १ उमेर नखुलेका पुरुषमा कोरोना देखिएको थियो ।

गण्डकी प्रदेशमा हालसम्म पर्वतका ६ बर्षीय बालकसहित ३६ जना पुरुष र २ महिला, तनहुँका २६ जना पुरुष, बागलुङमा ३९  जना पुरुष तथा ३ महिला , स्याङ्जाका ७० जना पुरुष तथा ३ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ९५ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष , गोरखाका ३३ जना पुरुष र ३ महिला तथा कास्कीका ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको मनाङमा बिहीबार पहिलोपटक १ जना संक्रमित फेला परेका छन् । यो सँगै प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या १० पुगेको छ ।

प्रदेशमा संक्रमित मध्ये २२ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button