पोखरामा ढिलाई हुँदा कोरोना परीक्षण गर्न चितवन

पोखरा । पोखरामा कोभिड–१९ को स्वावको परिक्षण ढिलाई हुँदा कोरोना  परीक्षणको लागि पर्वतमा संकलन गरिएको स्वाब चितवन पठाइएको छ ।

पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको ल्यावमा स्वाव परीक्षण कार्य ढिलो भएपछि स्वाब संकलन गरी परीक्षणका लागि पर्वतबाट चितवन  पठाइएको हो ।  पोखरामा पठाइएका स्वावको परीक्षणमा ढिलाई भइ ८ दिन सम्म नतिजा प्राप्त नभएपछि चितवन पठाइएको पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए ।  चितवन पठाइएका स्वावको नतिजा भने ५ दिनमा नै प्राप्त गरेको अध्यक्ष पहाडीले बताए ।

पर्वतमा भारत लगाएत अन्य देशबाट आएर क्वारेन्टिनमा बसेका १ सय जना भन्दा वढीको स्वावको नतिजा अझै आउन बाँकी रहेको बताउदै अध्यक्ष पहाडीले नतिजा ढिलो आउदा क्वारेन्टिन व्यवस्थापनमा  थप जटिलता देखा पर्न लागेको जनाए।

उनले पोखरा न्यूजसँग भने– “जिल्लामा बाहिरबाट स्थानीयहरु फर्किने क्रम बढ्दो छ, त्यहिमाथि नतिजा ढिलो आउँदा क्वारेन्टिनमा रहनेहरु आतिने गरेको पाइएको छ ।”   पोखरामा पठाइएको स्वावको नतिजा ८ देखि १० दिन सम्म पनि नआएकोमा  चितवनबाट भने  ५ दिनमा नै नतिजा आउंदा केहि सहज बनाएको उनले उल्लेख गरे ।

चितवन पठाएको ६० जनाको स्वाव मध्ये ३८ जनाको नतिजा आएकोमा ५ जनाको पोजिटिभ नतिजा आएको अध्यक्ष पहाडीले बताए । उनले भने–“जति छिटो नतिजा आउँछ त्यतिकै हामीलाई सहज हुन्छ, कम्तिमा पनि पोजिटिभ भएकालाई आइसोलेसनमा राख्न सकिन्छ भने अन्यलाई घर पठाउन सकिन्छ ।”

अहिले सम्म पर्वतका ३८ जना पर्वत कोरोना अस्पतालमा आइसोलेसनमा रहेको अध्यक्ष पहाडीले जानकारी दिए । उनका अनुसार आइसोलेसनमा रहेका ८ जनाको स्वाव नेगेटिभ आएको हुनाले आजनै डिस्चार्ज गरिने छ । “अव आइसोलेसनमा बस्नेको संख्या ३० जना हुनेछन” उनले थपे–“नतिजा आएसंगै जो जो संक्रमित हुन्छन उनीहरुलाई शुरक्षितरुपमा ल्याएर अस्पतालमा राख्ने काम गर्छौ ।” पर्वत जिल्लामा  एक मात्र कोरोना अस्पताल रहेको उनले बताए । पवर्तमा अझै पनि ३ सय भन्दा वढी व्याक्ति विभिन्न गाउँपालिका र कुश्माको क्वारेन्टिनमा रहेको समेत उनले बताए । “कोही स्वावको नतिजा पर्खिरहेका छन भने अझै धेरै संख्यामा स्वाव टेष्ट गर्न बाँकी नै छन”, उनले भने ।

पोखरामा विभिन्न जिल्लाबाट प्राप्त स्वावको बुधबारबाट दुई ठाउँमा परीक्षण गर्न शुरु गरिएको छ । यस अघि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको ल्यावमा हुँदै आएकोमा  क्षेत्रिय क्षयरोग केन्द्रमा समेत परीक्षण गर्न शुरु गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button