भारतीय टेलिकम कम्पनीलाई हुवावे र जेडटिईका उपकरण प्रयोग नगर्न निर्देशन

पोखरा । भारतका दुई सरकारी टेलिकम कम्पनीलाई चिनियाँ प्रविधि निर्माता कम्पनी हुवावे र जेडटिईका उपकरण प्रयोग नगर्न निर्देशन दिइएको छ ।

दुई देशको सीमा पछिल्लो समय उत्पन्न भएको द्वन्द र त्यसबाट आफ्ना २० सैनिक मारिएसँगै नयाँ दिल्लीबाट यस्तो निर्देशन आएको जनाइएको छ । भारत सञ्चार निगम र महानगर टेलीफोन निगमलाई यस्तो निर्देशन दिइएको हो । सीमा तनावसँगै भारतमा चिनियाँ विरोधी लहरहरु व्यापक रुपमा उठ्न थालेको छ । भारतका कैयौं शहरमा चिनियाँ सामान बहिष्कारको नारा लागेको छ भने चिनियाँ राष्ट्रपतिको पुत्लासमेत जलाइएको छ ।

अहिले निर्देशन गरिएको प्रतिबन्ध भविष्यमा भारती एयरटेल, भोडाफोन आइडिया लगायत अन्य टेलिकम कम्पनीमा समेत लागू हुनसक्ने अधिकारीहरुले दाबी गरेका छन् । प्रतिबन्धका कारण प्राविधिक सामाग्री जुटाउन युरोपेली कम्पनीको भर पर्नु पर्दा भारतीय टेलिकम कम्पनीलाई भने अतिरिक्त भार बढ्ने छ ।

पछिल्लो सीमा तनावलाई शान्त पार्न प्रयास भए पनि दुवै पक्षले एक अर्कालाई आरोप प्रत्यारोप लगाउने क्रम जारी रहँदा ठोस वार्ता हुन सकेको छैन । भारतीय मिडियाको उत्तेजक अभिव्यक्तिले पनि दुई देशको सम्बन्ध अझै खराब हुँदै गएको देख्न सकिन्छ । यस अघि नै कोरोना संक्रमण फैलिनमा चीनको हात रहेको भन्दै भारतमा आम जनमानसमा चीन विरोधी भावना विकास भइरहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button