पोखराका ५ सहित कास्कीका थप ६ जनामा कोरोना पुष्टि

पोखरा । कास्कीमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । पोखरा महानगरका थप  ५ जनामा र रुपा गाउँपालिकाका १ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमण देखिनेमा भारतबाट फर्किएर महानगरको क्वारेन्टिनमा रहेका १९ बर्षीय २ जना पुरुष , ४१ बर्षीय १ पुरुष तथा ३० र ५६ बर्षीया २ महिला रहेका छन् । त्यसैगरी रुपा गाउँपालिकाको क्वारेन्टिनमा रहेका एक ४५ बर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

संक्रमितलाइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको  आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यस सँगै कास्कीमा संक्रमण देखिनेको संख्या १३ पुगेको छ ।

आज नै कास्कीका ६ जना सहित  गण्डकी प्रदेशको स्याङ्जाका २ जना , बागलुङका १४ जना र नवलपरासी बर्दघाट सुस्ता पूर्वका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button