बागलुङका थप १४ जनामा कोरोना पुष्टि

पोखरा । बागलुङका थप १४  जनामा कोरोना पुष्टि भएको छ । बागलुङका दुई पालिकाका १२ जना पुरुष र २ जना महिलामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमण देखिनेमा भारतबाट फर्किएर स्थानीय क्वारेन्टिनमा रहेका गल्कोट नगरपालिकाका १९ देखि ४५ बर्ष उमेर समुहका ६ जना पुरुष, २० र ४२ बर्षीया २ महिला तथा कोठेखोला गाउँपालिकाका २० देखि २९ बर्ष उमेर समुहका ६ जना पुरुष रहेका छन् । यस सँगै बागलुङमा संक्रमण देखिनेको संख्या ५६ पुगेको छ ।

संक्रमितलाइ जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । आज नै बागलुङका १४ जना सहित  गण्डकी प्रदेशको कास्कीका ६ जना, स्याङ्जाका २ जना , बागलुङका १४ जना र नवलपरासी बर्दघाट सुस्ता पूर्वका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button