तनहुँका १७ सहित गण्डकीमा ३२ संक्रमित थपिए, संक्रमितको संख्या ३८०

पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका ३  जिल्लाका थप ३२ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमण देखिनेमा भारतबाट फर्किएर स्थानीय क्वारेन्टिनमा रहेका तनहुँका १७ जना पुरुष, बागलुङका ९ जना पुरुष तथा १ महिला र पर्वतका  २ पुरुष तथा ३ महिला रहेका छन् । पर्वतका संक्रमितहरु भने स्वास्थ्यकर्मी हुन  ।संक्रमितलाइ सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ८०  पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म पर्वतका ६ बर्षीय बालकसहित ३८ जना पुरुष र ५ महिला, तनहुँका ४३ जना पुरुष, बागलुङमा ६० जना पुरुष तथा ६ महिला , स्याङ्जाका ७२ जना पुरुष तथा ३ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ९७ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष , गोरखाका ३३ जना पुरुष र ३ महिला, मनाङका १ पुरुष तथा कास्कीका ११ जना पुरुष तथा २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या १० पुगेको छ ।

प्रदेशमा संक्रमित मध्ये ३४ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button