राती १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक, १५ भन्दा बढी भेला हुन नपाइने

काठमाडौं। कोरोना संक्रमण नियन्त्रण गर्न गृह मन्त्रालयले राती १० बजे देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाउने निर्णय गरेको छ ।

“लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७” अन्तर्गत अब अत्यावश्यक अवस्थामा बाहेक राती १० बजे देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न पाइनेछैन । उक्त मापदण्डलाई कडाईका साथ लागू गर्न निर्देशन दिइएको छ यसको अनुगमन प्रहरीले गर्ने जनाइएको छ ।

मापदण्ड अनुसार अब साँस्कृतिक वा सामाजिक कार्यमा १५ भन्दा बढी व्यक्ति सहभागी हुन समेत पाइने छैन । त्यस्तै भौतिक पुर्वाधार तथा विकास निर्माण, उत्पादनमूलक र औद्योगिक कामकाजमा पनि १० भन्दा बढी व्यक्ति एकै पटक एकै स्थानमा भेला हुन पाउने छैनन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button