रातीखहरे खेलमैदानको डिपिआर तयार, १ करोड ५४ लाख खर्च हुने

नमुना खेल मैदान बनाउँछौ–वडा अध्यक्ष पौडेल
पोखरा । पोखरा महानगर पालिका वडा नं १५ स्थित रातीखहरेमा निर्माण हुन लागेको खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।

उक्त मैदानलाई आर्थिक वर्ष २०७७/०७८ मा नै सम्पन्न हुने गरि डिपिआर तयार गरिएको पोखरा महानगर पालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले बताए । उनले भने–“रातीखहरेको खेल मैदान निर्माण सम्पन्नका लागि १ करोड ५४ लाख ५१ हजार ७ सय ७९ रुपैयाँ खर्च हुने गरि डिपिआर तयार भएको छ, यसलाई हामीले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र पोखरा महानगरलाई बुझाएका छौ ।”

मैदान निर्माणका लागि जमिन सम्याउने कार्यका लागि २९ लाख ६ हजार ५ सय रुपैयाँ, नालीका लागि १८ लाख २६ हजार २४ रुपैयाँ, रिटेनिङ वालका लागि २१ लाख ७६ हजार ४ सय रुपैयाँ, मेशन।ी वालका लागि ३३ लाख ३५ हजार ७ सय ४७ रुपैयाँ, मैदान भित्रको नाली निर्माणका लागि ३४ लाख २९ हजार ४ सय ८४ रुपैयाँ र सो मा लाग्ने मुल्य अभिवुद्ध कर समेत जोडेर १ करोड ५४ लाख ७ सय ७९ रुपैयाँ खर्च हुने परियोजना प्रतिवेदनमा उल्लेख गरिएको छ । स्मरणिय के छ भने यो मैदान निर्माण गर्न गण्डकी प्रदेशका सांसद कृष्ण थापाको संसदिय बिकास कोष मार्फत ५ लाख बाट सम्याउने काम भएको छ । तर अन्य बजेट नभएका कारण वडा नं १५ ले निर्माणको काम सक्ने गरि डिपिआर तयार गरेको हो ।

रातीखहरे खेलकुद मैदान पोखराकै एक नमुना र उदाहरणिय खेल मैदानका रुपमा रहने अध्यक्ष पौडेलले बताए । “यो मैदान बजार र पोखरा रंगशालाको नजिक निर्माण हुने भएकोले पनि यसलाई ट्रेनिङ सेन्टरको रुपमा विकास पनि गर्न सकिन्छ भनेर लागेका हौंं,” उनले भने–“उक्त स्थानमा मानव वस्ती समेत नभएको र प्राकृतिक हिसावले पनि स्वच्छ तथा माछापुच्छ्रे हिमालको दृश्यवलोकन संगै यो मैदान उपयुक्त खेलमैत्री मैदानको रुपमा रहने विश्वास लिएका छौं ।”

मैदान निर्माण सम्पन्न गर्न स्थानिय तह संग थोरै बजेट भएकाले थोरै रकमबाट सुरुवात मात्रै गरेको अध्यक्ष पौडेलले बताए । यो मैदानलाई नमुना खेल मैदान निर्माणलाई तदारुकताका साथ अघि बढाउन प्रदेश सरकार, महानगर, संघ संस्था र सबै सहयोगीहरुलाई गुहार्ने पक्षमा योजना रहेको उनले बताए ।

महानगरको वडा नं १५ ले आफ्नो वडा भित्र रातीखहरे स्थित खाली जग्गामा फुटबल मैदान निर्माण गर्न लागेको हो । “यो ठाउँ खेलकुदका लागि निकै अनुकुल वातवरण छ” वडा नं १५ का सदस्य समेत रहेका तोरण वानियाले भने–“मुलको स्वच्छ पिउने पानी संगै यहाँको प्राकृतिक बनावटको संरक्षण र सम्वद्र्धनका लागि समेत खेल मैदानले थप सहयोग पुग्ने छ ।” प्राकृतिकरुपमा प्रमुखता पाउने अन्य ठाउँमा पनि फुटबल मैदान भएपनि यो मैदान भने निक्कै भिन्न र मनोरम स्थलमा रहेको उनले बताए ।

डिपिआर तयार भएर एक चरणको काम सम्पन्न भएकोले पनि सबैको साथ र सहयोग पाएमा मैदानको निर्माण कार्यले मुर्तरुप पाउनेमा आफु ढुक्क रहेको उनले सुनाए । “यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु पोखरामा हुँदा समेत यो मैदान प्रेक्टिस भेन्यु पनि हुनेछ” उनले थपे–“विगतमा पनि वडा नं १५ धेरै फुटबल खेलाडी उत्पादन गर्ने थलो थियो, यो मैदान निर्माणले विगतको त्यो इतिहास जोगाउन र नयाँ खेलाडी उत्पादन गर्न थप सहज हुनेछ ।”

पोखराको फुटबल विकासका लागि लामो समय देखि भुमिका निर्वाह गर्ने सोही वडाका वासिन्दा समेत रहेका विरभद्र आचार्यले रातीखहरे खेल मैदानको आफ्नै विशेषता रहेको बताए । उनले भने–“यहाँको प्रकृतीले पनि खेलको माहोललाई बढाउने छ भने ट्रेनिङका लागि त यो उपयुक्त थलो पनि हुनेछ ।” पोखरा रंगशालाको चापलाई कमगर्न पनि रातीखहरे खेल मैदान महत्वपुर्ण हुने उनले विश्वास व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button