पोखराका १ सहित कास्कीमा थप २ जनामा कोरोना पुष्टि

पोखरा । कास्कीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार दिउसो पोखरा महानगरपालिकाका एक ४० बर्षीय पुरुष र  मादी गाउँपालिकाका १९ बर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सम्बधित पालिकाको क्वारेन्टिनमा रहेका उनीहरुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा ल्याउने तयारी भएको निर्देशनालयले जनाएको छ  ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा आइबार दिउसो  थप १९ जनामा  कोरोना पुष्टि भएको छ  ।  यससँगै प्रदेशमा संक्रमितको संख्या ५ सय २३ पुगेको छ ।

आइबार दिउसो कास्कीका २ जना सँग, बागलुङका ५ जना स्याङजाका १० जना, तनहुँका १  जना र नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १ जनामा  कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यस अघि आइबार बिहान प्रदेशका बागलुङ, म्याग्दी, पर्वत र तनहुँ जिल्लाका थप १६ जनामा कोरोना भाइरस पुष्टि भएको थियो  ।

गण्डकी प्रदेशमा हालसम्म पर्वतका ६ बर्षीय बालकसहित ४० जना पुरुष र ५ महिला, तनहुँका ७१ जना पुरुष तथा एक महिला , बागलुङमा १०७ जना पुरुष तथा १० महिला , स्याङ्जाका ८१ जना पुरुष तथा ५ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १३० जना पुरुष तथा ४ महिला, लमजुङका १ जना, म्याग्दीका ६ जना पुरुष र २ महिला , गोरखाका ३८ जना पुरुष र ३ महिला, मनाङका १ पुरुष तथा कास्कीका १४ जना पुरुष तथा ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मुस्ताङमा एक जनामा संक्रमण पुष्टी भएसँगै प्रदेशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् । प्रदेशका ४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button