स्याङजा र नवलपुरका थप २० जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशका २ जिल्लाका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार बिहान पोखरा स्थित प्रदेश क्षयरोग केन्द्रको ल्यावमा गरिएको परीक्षणमा स्याङजाका १० जना पुरुष तथा २ महिला र  नवलपरासी बर्दघाट सुस्ता पूर्वका  ८ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको  छ ।

यससँगै प्रदेशमा संक्रमितको संख्या ५ सय ४०  पुगेको निर्देशनालयले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button