सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम

काठमाडौं। ऐतिहासिक रेकर्ड कायम गर्दै सुनको मूल्य तोलाको ९१ हजार पुगेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलाको ९१ हजार कायम भएको छ । यो मुल्य आइतबारको मुल्यभन्दा ४ सयले बढी हो ।

कोरोना महामारीका कारण तीन महिना बन्द भएको सुनचाँदीको कारोबार अघिल्लो साता खुले देखि सुनको भाउमा लगातार वृद्धि भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुन तोलाको ९० हजार ५ सय ६५ तथा चाँदी तोलाको ९ सय ५० मा कारोबार भएको छ । चाँदीको मूल्यमा पनि १० रुपैयाँले वृद्धि हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button