एकले अर्कोलाई सर्पोेट गर्दै अगाडि बढौ : दिपकराज गिरी

पोखरा। चलचित्र निर्माता तथा कलाकार दिपकराज गिरीले सिनेमा क्षेत्र प्राथमिकतामा नपर्दा समस्या भएको उनको भनाई छ । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले लकडाउनका कारण नेपाली चलचित्र क्षेत्रमा पारेको असरको बारेमा पोखरामा गरेको विशेष बहस कार्यक्रममा भिडियो मार्फत आफ्नो भनाई राख्दै उनले यस्तो बताएका हुन् ।

‘प्राइरोटिवाइज हामी बटमलाइनमा छौँ । सिनेमा इन्टरटेनमेन्ट न सरकारले प्राथमिकतामा राखेको छ । न कुनै संस्थाले प्राथमिकतामा राखेको छ । त्यसकारण सिनेमा झनै ठुलो समस्यामा छ । त्यति ठुलो उद्योग पनि हैन । जसले सरकारलाई यस्ले फाइदा पुर्यायोस । हामीलाई एकदम गाह्रो छ । सबैभन्दा ठुलो चुनौती नै यहि हो’ उनले भने ।

यसैपनि नेपाली चलचित्रले त्यो व्यापकता पाउन सकेकोथिएन । हामी अहिले शुरुदेखिनै कठिन मोडमा नै थियौ । त्यसमाथि अहिले झन् ठुलो सास फेर्न गाह्रो हुने खालको समस्या परेको उनले बताए ।

अब सबै जना मिलेर नेपालि चलचित्रको प्रर्वद्धनमा जुट्नुपर्ने उनको भनाई छ । उनी भन्छन्– ‘पहिलो चुनौती भनेको रिलिजको लागि तयार भएका चलचित्र थिए । आ–आफ्नो डेट एनाउन्स गरेका थिए । त्यो डेटमा रिलिज गर्न अप्ठ्यारो भइसक्यो । अब पहिला निर्माण भएका चलचित्र रिलिज गर्नुपर्यो । हलमा मान्छे आउने वातावरण क्रियट गर्नुप¥यो । हामी सबैको दायित्व हो त्यो । हाम्रो काम सिनेमा मेकरको रुपमा भन्दा पनि म्यासेन्जरको रुपमा अगाडि गर्नुपर्छ । हामीले हेल्दि कम्पिटिसन अलि कम गरेउ । अर्काको चलचित्रलाई कहिल्यैपनि प्रमोड गर्ने क्वालिटी हामीमा रहेन । अबको दिनमा एकले अर्कोलाई सर्पोेट गर्दै अगाडि बढ्नुपर्छ ।

अब यो सामान्यकरण भएपछि सिनेमा हल चल्ने वातावरण क्रियट गर्नुपर्छ । साथीभाईको चलचित्रलाई हेल्प गर्न प्रमोड गर्ने गर्नुपर्छ । संस्कृतिबाट चिनिन्छ मुलुक । त्यो संस्कृति बचाउने काम नेपालका गीत संगीत तथा चलचित्रले गर्छन् भन्ने कुरालाई स्थापित गर्नको लागि एक अर्कालाई सहयोग गर्ने हो । सरकारले सहयोग गर्ला अरु कसैले सहयोग गर्ला भनेर अपेक्षा नगरे हुन्छ । हामी आफैलेनै यसलाई पुर्नजिवित गर्नुपर्ने हुन्छ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button