हामी आशावादी बनौ : रेखा थापा

पोखरा। चलचित्र निर्माता समेत रहेकी कलाकार रेखा थापाले कोरोनाको कारण चलचित्र क्षेत्रलाई एउटा अवसर आएकोले आशाबादी बन्दै अगाडि बढ्नुपर्ने बताएकी छन् । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले लकडाउनका कारण नेपाली चलचित्र क्षेत्रमा पारेको असरको बारेमा पोखरामा गरेको विशेष बहस कार्यक्रममा भिडियो मार्फत आफ्नो भनाई राख्दै उनले यस्तो बताएकी हुन् ।

‘कोरोनाका कारण चलचित्र क्षेत्रलाई पारेको प्रभाव बारे मानिसले विभिन्न कोणबाट मुल्याकंन गरिरहेका छन् । मैले त चलचित्र क्षेत्रलाई चुनौती भन्दा पनि अवसर देखिरहेको छु । हिजोको जस्तो पुरानो शैलीमा काम गर्ने चलचित्रलाई सिमित ठाउँमा मात्र प्रर्दशन गर्नुभन्दा विश्वव्यापी रुपमा चलचित्र प्रर्दशन गर्ने तरिकाले जानसक्छौ’ उनले भनिन् ।

आफुले गरेको कामलाई मुल्याकंन गर्ने आत्मआलोचना गर्ने समय यतिबेला मिलेको उनको भनाई छ । उनी भन्छिन्–‘अहिले ब्रेक चाहिएको थियो हरेक व्यक्तिलाई हरेक क्षेत्रलाई प्रकृतिले नै एउटा ब्रेक दिएको छ । आफ्नो आत्मआलोचना गर्ने । आफ्ना कमीकमजोरीको बारेमा आफैलाई महसुस गर्ने । चिन्तन मनन गर्ने समय मिलेको भनेर हामी अगाडि बढ्न सकेउ भने हरेक क्षेत्र भोली गएर राम्रो हुनेछ । चुनौती भन्दा पनि हामी आशावादी बनौ । पक्कै हरेक क्षेत्र राम्रो हुनेछ । चलचित्र क्षेत्र हिजो भन्दा अझ राम्रो हुने सम्भावना प्रचुर मात्रामा देख्छु ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button