सम्भावना भने अझै बाँकी छ : माओत्से गुरुङ

पोखरा। चलचित्र क्षेत्र अवस्था पुनः उचाईमा पुग्ने अवस्था बाँकी रहेको कलाकार तथा चलचित्र निर्माता माओत्से गुरुङ बताउँछन् । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले लकडाउनका कारण नेपाली चलचित्र क्षेत्रमा पारेको असरको बारेमा पोखरामा गरेको विशेष बहस कार्यक्रममा प्रत्यक्ष उपस्थित भएर आफ्नो भनाई राख्दै उनले यस्तो बताएका हुन् ।

गुरुङ फिल्म एशोसिएसन नेपालका संस्थापक अध्यक्ष समेत रहेका उनले कोरोनाको मार सबै भाषाभाषीको चलचित्रमा उतिकै परेको बताए । ‘कोरोनाका कारण धेरै प्राविधिकलाई यसको मार बढी परेको छ । यसको अलावा मोफसलमा बसेर सर्घष गरिरहेका कलाकारलाई पनि असर परेको छ । नेपाली चलचित्र जस्तै अन्यभाषाभाषीका चलचित्रमा पनि उस्तै समस्या परेको छ । सम्भावना भने अझै बाँकी छ’ उनले भने ।

सामुहिकतामा विश्वास गरेर अगाडी बढ्ने हो भने यो समस्याबाट पार पाइने उनको बुझाइ छ । ‘हामीले सामुहिकतामा विश्वास गर्नुपर्छ । अब स्टोरी टेलिङ, प्रचार शैली आदीमा फरक आउँला भन्ने आशा छ । कलाकारले नै अब कलाकारको रक्षा गर्नुपर्ने स्थिति छ । समस्यासँग जुझिरहेका छन् कलाकार । उनीहरुको समस्याको समाधान तर्फ हामी लाग्नुपर्ने आवश्यकता छ’ उनले थपे । यो समयमा घरायसी काम सँगै केहि सिर्जनामा आफुले समय खर्चेको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button