प्राविधिकलाई जोगाउन चुनौती : अध्यक्ष खड्का

पोखरा। चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले नेपाली चलचित्र क्षेत्रको विषयलाई लिएर हरेस खानु पर्ने अवस्था भन्दा भएका प्राविधिकलाई जोगाउनु चुनौतीको रुपमा रहेको बताएका छन् ।

चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले लकडाउनका कारण नेपाली चलचित्र क्षेत्रमा पारेको असरको बारेमा पोखरामा गरेको विशेष बहस कार्यक्रममा भिडियो मार्फत आफ्नो भनाई राख्दै उनले यस्तो बताएका हुन् ।

‘चलचित्र क्षेत्र यहि नै अन्त्य भयो भनेर हरेस खानु पर्ने अवस्था त पक्कैपनि छैन । यो यर्थाथ हो आज हामी अप्ठ्यारो परिस्थितीमा गुज्रीरहेका छौँ । विशेषगरी सबैभन्दा बढी प्राविधिकको कुरा गरौ । किनभने राम्रो प्राविधिकहरुले अरु पेशा अगाल्न सक्नुहुन्छ । यदि त्यसो भएमा हामीले राम्रो प्राविधिक गुमाउनुपर्ने अवस्था आउनसक्छ’ उनले चिन्ता व्यक्त गरे ।

यो बिचमा उनीहरुलाई जोगाइराख्न हामीले उनको दैनिक जीवनमा सहज सजिलो के गरी समस्याको समाधान गरिदिनु पर्नेमा उनको जोड छ ।

‘खानको लागि पनि धौ धौ परेको अवस्थामा स्वास्थ्य उपचार कसरी गर्नुहुन्छ समस्या छ । यसको लागि नेपाल सरकारलाई अनुरोध गर्नुपर्छ । जहासम्म लाग्छ यो समस्याको समाधान हुन्छ । सबै हामी एक भयौ भने समस्याको समाधान अवश्य हुनेछ भन्ने मलाई लाग्छ’ उनले थपे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button