चलचित्र सफल हुन कन्टेन राम्रो हुनुपर्छ : निकेस द्धा

पोखरा। नेपाली चलचित्रले राम्रो व्यापार गर्न त्यसको कन्टेन राम्रो हुनुपर्ने हल सञ्चालक तथा वितरक निकेस द्धा बताउँछन् ।

चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले लकडाउनका कारण नेपाली चलचित्र क्षेत्रमा पारेको असरको बारेमा पोखरामा गरेको विशेष बहस कार्यक्रममा प्रत्यक्ष उपस्थित भएर आफ्नो भनाई राख्दै उनले यस्तो बताएका हुन् ।

‘चलचित्र सफल हुन कन्टेन राम्रो हुनुपर्छ । स्टाडमले चल्न पहिलो दिन र दोस्रो दिन होे । त्यसपछि कन्टेन हेरिन्छ । कस्तो ब्यानरको छ । टिम कस्तो छ । यो पनि हेरिन्छ’ उनले भने ।

राज्यले बनाएको मापदण्डमा बसेर हल सञ्चालन गर्न तयार भएको उनले बताए । अहिलेको अवस्थामा स्थानिय कर लगायतका कर घटाइदिए सजिलो हुने उनको भनाई छ ।

डिजिटल प्लार्टफमबाटमात्रै चलचित्र प्रर्दशन गर्नु नहुने उनी बताउँछन् । ‘चलचित्र प्रर्दशन हलमा नै गनुपर्छ । डिजिटल प्लार्ट फर्मले हलको क्रेज घटाउदैन । पुरै डिजिटल मार्केटिङ नेपालका सन्दर्भमा तत्काल सम्भव छैन । पछिलाई सोच्न सकियला’ उनले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button