सामना गर्दै अगाडि बढ्नुपर्छ : अनुप बराल

पोखरा। निर्देशक तथा कलाकार अनुप बराल अब महामारीको चुनौती सामना गर्दै चलचित्र क्षेत्रका गतिविधि अगाडि बढाउनुपर्ने बताउँछन् । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले लकडाउनका कारण नेपाली चलचित्र क्षेत्रमा पारेको असरको बारेमा पोखरामा गरेको विशेष बहस कार्यक्रममा प्रत्यक्ष उपस्थित भएर आफ्नो भनाई राख्दै उनले यस्तो बताएका हुन् ।

अनसप भन्छन्– ‘अहिले जनमानसमा जुन डर बसेको छ । त्यो डरबाट उहाँहरुलाई कसरी बाहिर निकाल्ने भन्ने कुराको सबैभन्दा ठुलो चुनौती छ । मानिसहरु हलमा गइहाले भनेपनि डर मान्दै चलचित्र हेरे भने इन्जोए गर्न सक्दैनन् । या त चलचित्रले भन्न खोजेको कुरालाई आत्मसाथ गरेर चलचित्रको कन्टेनलाई बुझ्ने रमाइलो मान्ने भन्ने हुँदैन । नेपालमा चलचित्र गरिराखेका जतिपनि व्यक्त्तित्वहरु हुनुहुन्छ विज्ञहरु हुनुहुन्छ । एउटा गूप्र बनाउने । न्युनतम् यो कुरा भयो भने हामी सुरक्षित रुपमा हलमा गएर सिनेमा हेर्न सक्छौ ।’

त्यो मेजरमेन्ट कस्ले बनाउने र त्यसलाई कसरी लिएर जाने भन्नेमा राज्यले प्रत्याभुति गराउने पर्ने उनको भनाइृ छ । ‘त्यो नगराए दर्शकको मनोविज्ञान छिट्टै परिवर्तन हुन सक्दैन । कोरोनाप्रतिको डर घटाउन पर्छ । सुरक्षित भएर हल खोल्नुपर्छ । यसरी नै बस्ने हो भने त थाहा छैन कुन समयमा गएर यो सकियला । अनिश्चित छ । अब जुधेरै भएपनि अगाडि बढाउनुपर्छ । होइन भने यसले ल्याउने आर्थिक भारले राज्यको कर अनि चलचित्र क्षेत्रमा आश्रित भएका सबैलाई असर पार्छ । पलायन हुन सक्ने स्थिीती बन्छ । त्यसलाई रोक्न डिजिटल प्लाटफर्म समेत प्रयोग गर्न सकिन्छ’ उनले थपे ।

हुनत हलमा बसेर चलचित्र हेर्नुको मज्जा घरमा बसेर मिल्दैन । चलचित्रको बजार भने अब खुम्चदैन बढ्दै जान्छ । हेर्ने बानी व्यहोरामा परिवर्तन भएको छ । एउटै ठाउँमा हेर्ने कुरालाई असर गर्ला । तर रुचि अनुसार माध्यम छनोट गर्न अहिले सक्ने भए । उनले भने । अहिलेको समयमा आफु भने अध्ययन र सिर्जनामानै व्यस्त भएको समेत उनले खुलाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button