८० प्रतिशतको जोखिम लिन तयार छौँ : आकाश अधिकारी

पोखरा। चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले यतिबेला चलचित्र रिलिज कसरी गर्ने भन्ने चुनौती रहेको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले लकडाउनका कारण नेपाली चलचित्र क्षेत्रमा पारेको असरको बारेमा पोखरामा गरेको विशेष बहस कार्यक्रममा भिडियो मार्फत आफ्नो भनाई राख्दै उनले यस्तो बताएका हुन् ।

‘हामीसँग केहि चलचित्र तयार भएर बसेका छन् । ५० वटा चलचित्र सुटिङ सकेर, पोष्ट प्रोडक्सनमा बसेका छन् । त्यसको अलावा सुटिङ सकेर सेन्सर भएर मिति लिइ सकेका २३ देखि २५ वटा चलचित्र छन् । यसले गर्दा अहिले हाम्रो एक अर्ब १५ करोड लगानी खर्च भई फ्रिज भएर बसेको अवस्था छ’ उनले भने ।

यो अवस्थामा चलचित्र रिलिज गर्ने कसरी यो ठुलो चुनौती रहेको छ । रिलिज गर्नका लागि सिनेमा भवन पनि खुल्नुपर्यो । राज्यले खुलाउ भनेपनि त्यसका सोसियल डिस्टेन्स मेन्टेन गर्नुपर्यो । एउटा सिट छोडेर वा एउटा रो छोडेर भोली टिकट बेच्नु परेको खण्डमा अकुपेन्सी घटेर ३२ देखि ३३ प्रतिशतमा झर्ने उनले बताए ।

उनले थप्छन् ‘हाम्रो माग राज्यसँग के छ भने चुनौतीलाई अलि सहज बनाइदिनुहोस् । तपाइहरुले अति संवेदनशिल समस्या परेको उद्योगको रुपमा नेपाली चलचित्र उद्योगलाई पनि राखिदिनुहोस् भन्ने हाम्रो आग्रह छ । सिनेमा हलले प्रयोग गर्दे आएका अथवा यो उद्योगले प्रयोग गर्दे आएको बत्ति विजुली जति पनि छन् त्यसको शुल्क घटाइयोस् । यो क्षेत्रले जुन कर्जा लिएको छ लकडाउन अवधिभरीको लागि ति कर्जामा ७५ प्रतिशत ब्याज मिनाहा होस् । २५ प्रतिशत मात्र यो उद्योगले तिर्न तयार छ ।’

राज्यले केहि सहयोग गरे आफुहरुलाई सहज हुने उनको भनाई छ । उनी भन्छन्–‘असार मसान्त भित्र तिर्ने भनिएको छ त्यसलाई कमसेकम पुस मसान्तसम्म पुर्याइयोस् । अहिलेसम्म लकडाउन चलिरहेको छ भने यो स्थिीतीमा के कमाई हुन्छ र कसरी हामीले त्यसको व्याज तिर्न सक्छौ भन्ने कुरा हामीले लिएर गएका छौँ । मनोरञ्जन कर देखि लिएर स्थानिय करसम्म छ जतिपनि करहरु रहेका छन् यसलाई कमसेकम दूई वर्षका लागि कर फ्रि जोन बनाइयोस् ।

जसबाट निर्माता र चलचित्र भवनले ग्रसबाट फिफ्टी फिफ्टिी बाड्न सकौ भन्ने हाम्रो चाहना छ । माग छ । निर्माण भएर प्रर्दशनमा जान लागेका चलचित्रको हकमा चुनौती कम गर्नको लागि चलचित्र विकास बोर्ड, सूचना सञ्चार तथा प्रविधि मन्त्रालय अर्थ मन्त्रालयमा हामीले निवेदन पेश गरेकाछौँ । बजेट भन्दा पहिल्यै पेश गरेका थियौँ । हामी तब मात्र रिलिजमा जान सक्छौ जब हाम्रो लागेको लागतलाई कम्तिमा २० प्रतिशत राज्यले व्यवस्था गरिदियोस् ।

८० प्रतिशतको जोखिम हामीलाई लिन तयार हुनु भन्यो भने सोच्न सक्ने अवस्था हुन सक्छ । त्यसको साथ साथै पब्लिसिटिका कुराहरु जतिपनि टेलिभिजन पत्रपत्रिका पोष्टर पम्पलेट होडिङ जति पनि लाग्छ ती सबै कुरा हामीले निःशुल्क पाउनुपर्यो । यसको व्यवस्थापन चलचित्र विकास बोर्डले गरिदिनुपर्छ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button