चलचित्रको व्यवसायिक प्रर्दशनमा चुनौती : दयाराम दाहाल

पोखरा। लकडाउन पछिको नेपाली चलचित्रको चुनौती भनेकै यसको व्यसायिक प्रर्दशन भएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् ।

चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले लकडाउनका कारण नेपाली चलचित्र क्षेत्रमा पारेको असरको बारेमा पोखरामा गरेको विशेष बहस कार्यक्रममा भिडियो मार्फत आफ्नो भनाई राख्दै उनले यस्तो बताएका हुन् ।

निर्माण भइसकेका चलचित्रलाई कसरी प्रर्दशन गर्ने, उनीहरुको आर्थिक जोखिमलाई कसरी न्युनिकरण गर्ने भन्ने चुनौती रहेको छ । चलचित्र निर्माण क्षेत्रलाई कसरी अगाडि लैजाने अर्को चुनौती छ । यी सबै कुरालाई ध्यानमा राखेर चलचित्र विकास बोर्डले एउटा समिति निर्माण गरेको उनले बताए ।

‘म बोर्ड अध्यक्ष भएर आएको भोलिपल्ट बाटनै समितिले काम थालिसकेको छ । विभिन्न पेशागत संघसंगठनसँग अवधारण लिने काम भइरहेको छ । चलचित्र विकास बोर्डले आफ्नो आन्तरिक श्रोत क्षेत्राधिकार भित्र रहेर गर्न सकिने काम तुरुन्तै गर्ने तयारीमा छौँ । श्रमजिवी चलचित्रकर्मीहरुको तत्कालै अहिलेको जीवनयापनलाई सहजता प्रदान गर्नको लागि के कसरी जान सकिन्छ भनेर छलफल भइरहेको छ’ उनले भने ।

अब नेपाली चलचित्रले आफ्नै मौलिक मेकिङ शैली स्थापित गनुपर्ने उनी बताउँछन् । उनी भन्छन्–‘सबैभन्दा पहिला मानिस बाच्नु प¥यो त्यतातिर हाम्रो ध्यान छ । अबको चलचित्रको बाटो नेपाली चलचित्रको आफ्नै मौलिक मेकिङ शैली स्थापित गर्ने हो । यसलाई अन्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउनु हो ।

अन्तराष्ट्रिय बजार विस्तारसँगै आफ्नौ मौलिक शैलीलाई स्थापित गर्नुपर्छ भनेर हामीले मौलीक, कलात्मक, राष्ट्रियताले ओतप्रोत भएका चलचित्रको कथा छनोट गरेर त्यसलाई निर्माणमा सहयोग गर्ने कार्यक्रम ल्याउदै छौँ । नयाँ पुस्ताका पढिरहेका विद्यार्थीहरुका लागि पास भइसकेका विद्यार्थीका तथा एक्टिभ चलचित्रकर्मीका लागि स्क्रिफ्टमा केहि फण्डिङ गर्ने कार्यक्रम ल्याउन खोजेका छौ । श्रमजिवी चलचित्रकर्मीहरुका लागि सामाजिक सुरक्षा कोष मार्फत उत्तरार्धको जीवनमा पेन्सन युत्त होस् भनेर त्यसका लागि विशेष पहल गरिरहेका छौँ ।

सँगसगै नेपाली चलचित्र क्षेत्रको प्रोत्साहनको प्रर्बधनको लागि अन्तराष्ट्रिय बजार विस्तृतिकरणको लागि र राष्ट्रिय रुपमा नेपाली चलचित्रलाई मजबुत बनाउनका लागि मध्यपहाडी लोक मार्गभन्दा माथी महेन्द्र राजमार्ग भन्दा तलको क्षेत्रमा विशेष कार्यक्रम हरु ल्याइरहेका छौ । यसपालीको कार्यक्रम नयाँ प्रतिभाको लागि र नयाँ जेनेरेसनका युवाहरुको लागि लक्षित हुनेछ । पहिलो चुनौती भनेको पान्ड्यामिक बाट मुक्ति पाउनु नै हो । हामीले अवधारणा बनाइरहेका छौ । चाडै घोषणा गर्छौ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button