चिन्ता नेपाली चलचित्र क्षेत्रको

पोखरा। कोरोनाको कारण नेपाली चलचित्र उद्योग ठप्प भएको छ । अहिले ५० वटा नेपाली चलचित्र सुटिङ सकेर, पोष्ट प्रोडक्सनमा बसेका छन् । २५ वटा जति चलचित्र प्रर्दशनको मिति तय भएरै बसेका थिए । यसरी हेर्दा एक अर्ब १५ करोड रुपैयाँ लगानी भई फ्रिज भएको छ । त्यो लगानी कहिले उठ्ने पत्तो छैन ।

प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धेरै जनालाई रोजगारीको अवसर सिर्जना गरेको चलचत्रि क्षेत्र ठप्प हुँदा यस्मा आश्रीत हुनेहरुको रोजिरोटीमा समस्या पर्न थालिसकेको छ । त्यसैले अब विस्तारै समस्यासँगै जुध्दै पुरानै लयमा फर्कनुपर्छ भन्ने मत बढ्न थालेको छ । तर पुरानै लयमा फर्कन त्यति सहज छैन ।

कोरोनाको महामारीको कारण प्रभावित बनेको नेपाली चलचित्र पुरानै अवस्थामा फर्कन समय लाग्ने हो की भन्ने आशंका बढेको छ । विभिन्न समस्याका कारण प्रभावित बनिरहेको नेपाली चलचित्र क्षेत्र अहिले झनै जेलिएको छ । लकडाउन अगाडि समेत अपेक्षाकृत चलचित्रले दर्शकको साथ नपाएको अवस्था थियो ।

नेपाली चलचित्रलाई प्रर्दशन गर्न हल पाउन गाह्रो हुन्छ । स्टारडम बढी छ । कुन चलचित्रको ट्रेलर मानिसले बढी लाइक गरे त्यसको आधारमा स्टाटजि बन्छ । निर्देशकको खुबी, पकड, गुप्रिजम कस्तो छ सबै कुरा मिलेमा मात्र राम्रो समय पाइन्छ । राम्रो समय हुँदा हुँदै दर्शकले मन नपराउदा, कन्टेन राम्रो नहुँदा धेरै चलचित्र असफल भएका छन् । एकले अर्कोलाई सघाउने सर्पोट गर्ने भावना नेपाली चलचित्र क्षेत्रमा निकै कम छ । यस्तो अवस्थामा अबको नेपाली चलचित्र क्षेत्रको यात्रा कता जाने हो भन्ने चिन्ता छाएको छ ।

चलचित्र निर्माण गर्नु भन्दा चलचित्र प्रर्दशन गर्नु निर्मातलाई गाह्रो थियो । पहुँचको आधारमा, समुहको आधारमा, ब्यानरको आधारमा चलचित्र प्रर्दशन हुने समय पाउँदा नयाँ निर्माता निर्देशकलाई राम्रो समयमा चलचित्र प्रर्दशन गर्न फलामको चिउरा चपाउनु सरहनै हुने अवस्था थियो । बल्ल–बल्ल प्रर्दशन भएका चलचित्रले लगानी नउठाउदा कती त्यसै पलायन हुन्थे । प्रचार गरिएजस्तो चलचित्र नहुँदा दर्शक निरास हुँदै हलबाट फर्कन्थे ।

यसैक्रममा चलचित्र क्षेत्रमा देखिएको समस्यालाई लिएर पोखरामा बहस कार्यक्रम आयोजना गरियो । जुन कार्यक्रममा भिडियोमार्फत चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्माता तथा कलाकार दिपकराज गिरी, रेखा थापा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले आफ्ना कुरा राखे भने । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले आयोजना गरेको कार्यक्रममा प्रत्यक्ष उपस्थित भएर कलाकार तथा निर्देशक अनुप बराल, माओत्से गुरुङ र हल सञ्चालक निकेश द्धा सहभागी बनेका थिए ।

जहाँ नेपाली चलचित्र क्षेत्रको बारेमा मन्थन भए । यो विशेष बहस कार्यक्रममा सहजिकरण पत्रकार अपिल त्रिपाठीले गरेका थिए । चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष अरुण गिरीको अध्यक्षतामा पोखरा थिएटर ग्रैहापाटनमा भएको कार्यक्रममा सचिव प्रभु अधिकारीले पनि बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button