पोखराका ३ सहित गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमित ७२९ पुगे

पोखरा । पोखराका ३  जना सहित गण्डकीमा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

कास्की जिल्लाको पोखरा महानगरका १ पुरुष तथा २  महिला र मादी गाउँपालिकाका १/१ पुरुष तथा महिलासहित गण्डकी प्रदेशका ८  जिल्लाका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

बुधबार बिहान कास्कीका ५ जनासहित तनहुँका १ जना पुरुष , स्याङजाका ३० महिने बालिकासहित २ महिला तथा ५ जना पुरुष , बागलुङका ९ जना पुरुष , गोरखाका १ जना पुरुष, पर्वतका १  महिला , लमजुङका ४ पुरुष तथा १ महिला र नवलपुरका ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय २९ पुगेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button