कोरोनाका कारण पोखरा महानगरको १६ अर्ब क्षति

पोखरा । कोरोना (कोभिड १९) का कारण पोखरा महानगर पालिकाले १६ अर्व क्षती व्यर्होनु परेको जनाइएको छ ।

पोखरा महानगरको आर्थिक वर्ष २०७७/०७८ को सातौ नगर सभामा निती तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख मान बहादुर जिशीले १६ अर्वको क्षती व्यर्होनु परेको बताएका हुन । महामारी पश्चात भएको लकडाउनको अवधि चैत ११ देखि जेठ ३२ गते सम्ममा महानगरमा मात्रै करिब १६ अर्वको आर्थिक क्षति भएको अनुमान गरिएको उनले बताएका छन ।

यो क्षतिले महानगरपालिकाको आन्तरिक राजश्व संकलन, विकासका कार्यक्रमहरु र नियमित सेवा प्रवाहमा प्रतिकुल असर गरेको बताउँदै प्रमुख जिशीले विषम परिस्थितिको सामाना गर्दै यस महामारीका सम्भावित असरहरुलाई न्यूनीकरण गर्न र महानगरवासीहरुको जीवन रक्षा गर्दै विकास गतिविधिहरुलाई निरन्तरता दिने गरी योजना बनाइएको उनले जनाएका छन । “कोरोना भाइरसबाट पोखरा महानगरलाई सुरक्षित राख्न महानगरले बलबुताले भ्याएसम्म प्रयास गरिरहेको छ” उनले भने–“महानगरवासीले पनि नगरलाई सुरक्षित राख्न आफ्नो तर्फबाट भूमिका निर्वाह गर्न आव्हान गर्दै कोरोना रोकथाम, उपचार र नियन्त्रणमा महानगरलाई साथ दिनुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।”

निती तथा कार्यक्रममा महानगरले उज्यालो कार्यक्रम मार्फत वर्षदेखि सञ्चालित उज्यालो पोखरा कार्यक्रमलाई निरन्तरता दिँदै सडक छेउछाउमा रहेका सोलार बत्तीलाई मर्मत गर्ने कार्य नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा गरी स्मार्ट सडक बत्तीको व्यवस्थापन गर्ने कार्य अगाडि बढाइएको जनाइएको छ ।

साथै महेन्द्रपुल, पृथ्वीचोक, सभागृहचोक लगायतका स्थानमा ट्राफिक लाइट व्यवस्थापनको लागि आवश्यक सर्भे डिजाइन सम्पन्न भइसकेको र महेन्द्रपुलमा ट्राफिक लाइट निर्माण कार्यको लागि बोलपत्र आव्हान गरिएको निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button