पर्वतमा एक पुरुष मृत फेला

पोखरा । पर्वतमा खाना खाएर आफ्नै कोठामा सुतेका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

पर्वत जिल्लाको जलजला गाउँपालिका-८ फर्सेमा बस्ने ५६ वर्षका महेन्द्र राई बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन् । राई ज्याला मजदुरी काम गर्दै आएको जनाइएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button