पोखराका थप ४ जनामा कोरोना पुष्टि, स्याङजा र गोरखामा ९ थपिए

पोखरा । पोखराका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बुधबार साझ पोखरा महानगरपालिकाका २०, २३, ३० र ३६ बर्षका पुरूषहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

बुधबार साझ नै कास्कीका ४ जनासहित गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार अन्य संक्रमितमा गोरखाका १५ र ७७ बर्षका २ पुरुष र स्याङजाको गल्याङ नगरपालिकाका २१, २४,२४, २८, २९, ३१ बर्षका ६ जना पुरुष तथा ४२ बर्षीया एक महिला रहेका छन् ।

यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय ४२ पुगेको निर्देशनालयले जनाएको छ ।

आज बिहान मात्र  कास्की जिल्लाको पोखरा महानगरका १ पुरुष तथा २ महिला र मादी गाउँपालिकाका १/१ पुरुष तथा महिलासहित गण्डकी प्रदेशका ८ जिल्लाका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button