गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिए

पोखरा ।  गण्डकी प्रदेशमा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका ४ जिल्लाका ९ पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

बिहीबार बिहान म्याग्दीका २ पालिकाका ५ जना पुरुष र १ महिला, स्याङ्गजाका कालिगण्डकी  गाउँपालिकाका १ पुरुष , बागलुङको गल्कोट नगरपालिकाका २ पुरुष  र नवलपुर मध्यबिन्दु नगरपालिकाका १ /१ जना  महिला पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय ५३ पुगेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button