विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख पुग्न लग्यो

पोखरा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ९१ हजार ९ सय १ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९७ लाख १७ हजार ५३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५२ लाख ५३ हजार ६ सय २५ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३९ लाख ७३ हजार ५ सय २७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ३ सय ९१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २५ लाख ४ हजार ६ सय ७६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २६ हजार ७ सय ८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १९ लाख ८६ हजार २ सय १ जना कोरोना भाइरस संक्रमति रहेका छन् । ७७ हजार ८ सय ८८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २९ लाख १९ हजार ७ सय २५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । १ लाख ६३ हजार १ सय ६४ जनाको मृत्यु भएको छ ।

युरोपमा २३ लाख ७३ हजार २ सय ३ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८९ हजार ५ सय ३ को मृत्यु भएको छ । एसियामा २० लाख ७७ हजार १ सय १९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५२ हजार ९१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख ५० हजार ८ सय ६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार १ सय ४ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार २ सय २४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय २६ जनाको मृत्यु भएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button