कास्की सहित गण्डकीका थप १४ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा १४  जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका कास्की, पर्वत, गोरखा र लमजुङका  १४ जना  पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

शुक्रबार बेलुका कास्कीको मादी गाउँपालिकाका २३ बर्षीय पुरुष, पर्वतका २३ र ७० बर्षीय २ पुरुष, गोरखाका २० देखि २६ बर्ष उमेर समुहका ५ पुरुष र  लमजुङका २९ देखि ५९ वर्ष उमेर समुहका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा संक्रमितको संख्या ८  सय ६  पुगेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button