शिलन्यासको पर्खाइमा भिंडावारी एन्फा फुटबल एकेडेमी

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ६ भिंडावारीमा निर्माण हुन लागेको एन्फा एकेडेमीको यति बेला स्थानिय मात्रै नभई सम्पुर्ण फुटबलप्रेमीहरु शिलन्यासको पर्खाइमा छन ।

पोखरा बाट करिव १८ किलोमिटर टाढा रहेको भिंडावारीमा करिव २ सय ५२ रोपनी क्षेत्रफलमा निर्माणहुन लागेको उक्त एकेडेमी वातावरणिय लगाएत अन्य हिसावले समेत महत्वपुर्ण रहेको छ । स्वच्छ हराभरा चारैतिर हरियाली, सानो–सानो वस्तीको झुण्ड, शान्त र सफा वातावरण, इदी र मर्दीको स्वच्छ कलकल पानी, अन्नपुर्ण हिमालको दृश्यावलोकन गर्न सकिने यो स्थानको महत्वपुर्ण परिवेश हुन । नेपालकै एक मात्र स्पोर्टस भिलेजको रुपमा निर्माण हुन लागेको यो एकेडेमी खेलकुदका लागि नयाँ आयाम नै हो । यद्यपी यो एकेडेमीको निर्माण शुरु गर्नका लागि फिफाको स्वीकृतिको पर्खाइमा रहेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)मा यो परियोजनाका हेरिरहेका गोकुल थापाले शिलान्यासको तयारी छिट्टै गर्ने भएपनि कोभिड १९ का कारणले भएको लकडाउननले ढिलाई भएको बताए । “हामी चाँडै नै शिलन्यास गरौं भन्ने थियो, तर यति बेला सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले पनि ढिलाई भयो ।” यति बेला परयोजनाको विस्तृत प्रतिवेदन र विलिङको क्वान्टिटीको अन्तिम प्रतिवेदनहरु तयारी हुँदैछ । “सायद एक साता भित्रमा यि सबै प्रतिवेदनहरु र थ्रि डी समेत तयार भइसक्छ” उनले थपे–“त्यसपछि हामी शिलन्यासको तयारी संगै यसका सबै पक्षहरु सार्वजनिक गर्नेछौ ।”

भिंडावारीमा करिव २ सय ५२ रोपनी फैलिएको यो जग्गामा निर्माण हुन लागेको एन्फा एकेडेमीमा ३० जना बालक र ३० जना बालिका गरि ६० जना बस्ने २ वटा होस्टल, चार वटा फुटबल मैदान, २ वटा मिनी पिच, २ वटा विच सकर मैदान, २ वटा फुटसल मैदान, रनिङ वाटर सहितको स्विमिङ पुल, गेष्टरुम, सेमीनार हल, रिह्याव सेन्टर, जिमहल लगाएत निर्माण हुनेछन । थापाले भने–“यो दक्षिण एशियाकै ठुलो फुटबल एकेडेमीका रुपमा लिन सकिन्छ” उनले थपे–“त्यसैले पनि हामीले यसलाई एन्फाको ड्रिम प्रोजेक्ट भनेका हौं ।”

चरणवद्धरुपमा गरि करिव ४ चरणमा गरि सम्पन्न गर्ने लक्ष्य राखिएको यो एकेडेमीका लागि करिव ४५ करोड खर्च हुने अनुमान गरिएको थापाले बताए । “यो अनुमान मात्रै हो, खर्च अझै बढ्न सक्छ ।” उनले यसको निर्माणको लागि संघिय, प्रदेश सरकार र स्थानिय गाउँपालिका बाट सहयोगको अपेक्षा रहेको बताए । यहाँ निर्माण हुने मध्येको एक महत्वपुर्ण मैदान मध्ये विच सकर अर्को महत्वुर्ण हो । नेपालमा वालुवामा खेलिने फुटबल ‘विच सकर’ नभएकोले पनि यो अर्को महत्वपुर्ण केन्द्रविन्दु हुनेछ । त्यसै गरि प्रशिक्षण वा खेलका दौरान चोटपटक लाग्ने खेलाडीलाई उपचार गर्न अव अस्पताल वा घरमा बस्नुपर्ने छैन । त्यसका लागि यहाँ ने रिह्याव सेन्टर हुनेछ । कुनै पनि विदेशी वा नेपाली राष्ट्रिय टोली यहिँ बसेर प्रशिक्षण गर्न सक्नेछन ।

यहाँको विकासमा आफ्नो योगदान दिने मध्येका एक पुर्व जनप्रतिनिधी समेत रहेका नन्दलाल अधिकारीले यो ठाउँ वातावरणिय र भौगोलिक हिसावले पनि निकै महत्वपुर्ण रहेको बताए । उनले भने–“यो यस्तो महत्वुर्ण ठाउँ हो जहाँ दुई नदीको संगमस्थल र माछापुच्छ्रे बाट बगेर हिउँ नदी आउने मर्दी तथा धम्पुस र ल्वाङको खोँच बाट बग्ने इदी नदी त्यसैले पनि यो भौगोलिक रुपमा पनि महत्वपुर्ण छ ।” यस्तो ठाउँ संसारमा विरलै पाउने बताउँदै उनले जिओलोजिक हिसावले पनि निकै महत्वपुर्ण रहेको बताए ।

 

पिएन क्याम्पसको प्रमुख समेत रहेका अधिकारीले भने–“यो परियोजनाले एग्रो टुरिजमको विकासका लागि ढोका खोल्ने छ ।” यो ठाउँलाई कृषी पकेट एरियाका रुपमा विकास गर्न पहल भइरहेको भए पनि त्यो भन्दा ठुलो परियोजना आएकोले यहाँका बासिन्दामा ठुलो उत्साह जागेको उनले बताए । उनले भने–“यो गण्डकी प्रदेशकैलागी गौरव गर्ने विषय हो यसले यहाँको पर्यटनमा ठुलो भुमिका खेल्ने छ ।”

“न भुतो न भविष्यती” कल्पना समेत नगरेको एकेडेमी निर्माणहुन लागेकोमा दङ्गछन स्थनियबासीहरु । एकेडेमी निर्माण स्थल नजिकै घर भएका जयलाल दवाडी भन्छन–“यो यसरी आउला भनेर कल्पना समेत गरेका थिएनौ” उनले भने–“यो त हाम्रो गाउँको मात्रै नभई समग्र प्रदेशकै गहनाका रुपमा रहने छ ।” यसको निर्माणले यहाँको स्थानिय बासिन्दा निकै ठुलो उत्साह आएको र यहाँका बाशिन्दालाई आत्मनिर्भर बनाउने बाटो समेत खुलेको उनले बताए ।
तस्विरः सुदर्शन रञ्जित

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button