रोकिराखिएको ट्रकमा सानो गाडी ठोक्किँदा २ युवकको मृत्यु

रुपन्देही। बुटवल –१० रामनगरमा गए राति भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ ।

दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुँवर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रामनगरमा बिग्रिएर रोकिराखिएको ना ६ ख ६२४ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा १४ च ६८७९ नम्बरको सामान ढुवानी गर्ने सानो गाडी ठोक्किँदा घाइते भएका युवक दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको बताइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button