विश्वभर ९४ लाखमा कोरोना सङ्क्रमण, मृत्यु हुनेको सङ्ख्या ५ लाख नजिक

पोखरा । विश्वमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ९४ लाखभन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी गराएको छ ।

डब्लुएचओका अनुसार विगत २४ घण्टामा विश्वभर सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक लाख ७७ हजार बढी कूल सङ्क्रमितको सङ्ख्या ९४ लाखभन्दा बढी पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या पाँच हजार १ सय १६ रहेको छ । शनिबारसम्म विश्वभर कोभिड–१९ को महामारीका कारण मृत्यु हुनेको सङ्ख्या चार लाख ८४ हजार २ सय ४९ पुगेको सम्बन्धित देशहरूद्वारा डब्लुएचओलाई उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनको अघिल्लो दिनको तथ्याङ्कमा २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणको महामारीका कारण नयाँ सङ्क्रमित हुनेको सङ्ख्या एक लाख ६७ हजार ५६ रहेको थियो भने पाँच हजार ३ सय ३६ जनाको मृत्यु भएको थियो ।

विश्वमा कोभिड–१९ महामारीका कारण सबैभन्दा बढी सङ्क्रमित तथा मृतकको अमेरिकामा रहेको छ यूरोपमा करिब २६ लाख सङ्क्रमित रहेका छन् । त्यस्तै एशियामा २१ लख २२ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमणका आधारमा भन्ने हो भने कोरोनाभाइबाट बढी प्रभावित हुने मुलुकहरूमा क्रमशः अमेरिका, ब्राजिल, रूस, भारत बेलायत स्पेन पेरू, चिली, इटाली र इरान रहेका छन् । दक्षिण एशियाली मुलुकहरूमा भारत सबैभन्दा बढी प्रभावित मुलुक हो भने पाकिस्तान, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button