नेपालमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

पोखरा । नेपालमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले नियमित प्रेस ब्रिफिङमा कैलाली जिल्ला गोदावरी नगरपालिका ७ का ५० वर्षिय पुरुषको मृत्यु भएको जानकारी दिएका हुन् ।

फोक्सोको विरामी रहेका उनको भरतपुर अस्पतालको उपचारको क्रममा असार १३ गते मृत्यु भएको हो । उनलाई असार ११ गते कोरोना सक्रमण पुष्टि भएको थियो । यस सँगै नेपालमा कोरोनाका कारण मृत्यु भएको संख्या २८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा थप ५ सय ५४ जनामा कोरोना पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।

नेपालमा संक्रमित मध्ये २ हजार ८ सय ३४ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा स्वास्थ्य लाभ गर्नेको संख्या १३६ रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button