सहारा स्पोर्टसले दियो सहारा एकेडेमीलाई फुटबल बुट

पोखरा । सहारा क्लव पोखरा द्वारा पोखरा १७ मा सञ्चालित सहारा एकेडेमीमा आश्रित बालकहरुलाई सहारा स्पोर्टसले फुटबल बुट प्रदान गरेको छ ।

पोखरा पृथ्वीचोक बसपार्कमा सञ्चालित सहारा स्पोर्टसले भारतिय कम्पनी गेगा बाट उत्पादित २४ जोर फुटबल बुट उपलव्ध गराएको हो । सहारा स्पोर्टसकी सञ्चालिका कल्पना कँडेलले एकेडेमी पुगेर संचालक कल्पना कंडेलले सहारा क्लवका उपाध्यक्ष एवं एकेडेमीका संयोजक विश्वराज बराल, एकेडेमीका कप्तान शिशिर क्षत्री, पूर्व कप्तान कमल समय मगर सहितको टोलीलाई उक्त बुट हस्तान्तरण गरेकी हुन्।

उक्त फुटवल बुट उपलब्ध गराउन कम्पनीसंग सहजीकरण गरी कम्पनीले आफ्नो सामाजिक उत्तरदाहित्व अन्तरगत करिब ३० हजार मुल्य बराबरको उक्त बुट सहयोग गरेको हो । । फुटबल बुट हस्तान्तरण गर्दै उनले एकेडेमीमा आश्रित बालकहरुलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गरिन । “सहारा स्पोर्टसले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गर्न पाउँदा गौरव लागेको छ, सबै बालकहरुको सुखद भविष्य संगै उच्च खेल जिवनको कामना गर्न चाहन्छु” उनले भनिन ।  सहारा स्पोर्टसले आहा रारा गोल्ड कपमा समेत  २० हजार बरावरको प्रायोजन गरेको बताइन ।

पोखरामा विगत ६ बर्ष देखि स्पोटर्सका सामानहरु बिक्रि वितरण गर्दै आएको सहारा स्पोर्टसले आगामी दिनमा पनि एकेडेमीमा थप सहयोग उपलब्ध गराउन पहल गर्ने भएको कंडेलले जनाइन्। देशमा लकडाउन भएको अबस्थामा पनि कम्पनीले उक्त बुट उपलब्ध गराएकोमा धन्यवाद दिदै संयोजक बरालले विभिन्न सहयोगीको हातबाट एकेडेमी संचालन हुदै आएको बताए । सहारा एकेडेमीका संयोजक विश्वराज बरालले सहारा स्पोर्टसले गरेको सहयोगका लागि आभार व्यक्त गरेका छन । उनले भने–“एकेडेमीमा आश्रित बालकहरुका लागि यो महत्वपुर्ण सहयोग हो, म अन्य सहयागीहरुलाई यस्तो सहयोगका लागि आग्रह गर्छु ।”

एकेडेमीमा हाल १३ जिल्लाका २४ जना बालकहरु रहेकाछन्। लकडाउनको समयमा उनीहरुलाई फुटवल एकेडेमीमै राखेर दैनिक प्रशिक्षण समेत हुदै आएको संयोजक बरालले जनाएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button