गण्डकी प्रदेशमा आजै थपिए ८२ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्

शनिबार बेलुका  थप ३४ जनामा  कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा शनिबार संक्रमण देखिनेको संख्या ८२ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार शनिबार बेलुका  बागलुङका २५ पुरुष तथा २ महिला, तनहुँका  ३ जना पुरुष तथा  ३ महिला र पर्वतका १ जनामा  कोरोना संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार उनिहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ । यसअघी आजै शनिबार बिहान प्रदेशका ३२ जना र दिउसो थप १६ जनामा संक्रमण पुष्टि भएको थियो ।  यससँगै प्रदेशमा संक्रमितको संख्या ८ सय ८८ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रदेशका संक्रमित मध्ये १ सय २१ जना निको भएर घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button