पोखरामा ७६ लाखमा शवदाह स्थलको निर्माण सम्पन्न

पोखरा । पोखरा महानगर पालिका वडा नं ३० गगनगौडा सतीघाटमा शवदाह स्थल निर्माण कार्य सम्पन्न भएको छ ।

कुल ७६ लाखमा निर्माण सम्पन्न भएको शवदाह स्थलमा दुई वटा चिता, ३ सय जना बस्ने स्थल, शौचालय, स्नानघर सहित दाहसंस्कारमा आवश्यक कपाल फाल्ने, दाउरा राख्ने स्थानको निर्माण गरिएको हो ।

निर्माण कार्य सम्पन्न पछि प्रतिनिधी सभाका सांसद एम पुर्व मन्त्री खगराज अधिकारीले एक कार्यक्रमका विच उदघाटन गरेका छन । उनले सो अवसरमा सुविधा सम्पन्न घाटले मृत्यु संस्कारमा सहजता हुने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका मेयर मान बहादुर जि.सी, रुपा गाँउपालिकाका उपाध्यक्ष लाल सुब्बा गुरुङ, पोखरा महानगरपालिका वडा नं.३० का अध्यक्ष श्रीराम पोखरेल, वडा ३१ का अध्यक्ष कमल थापा, वडा नं. ३२ का अध्यक्ष अक्कल बहादुर कार्की, नेकपा जिल्ला सदस्य दिलिप न्यौपाने, नेपाली काँग्रेसका कास्की जिल्ला सदस्य गणेश के.सी, सतीघाट समितिका सल्लाहाकार तिर्थ जंगली, प्रेम बहादुर गुरुङ, अर्थ संकलन उपसमितिका संयोजक अरुणा आले लगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए ।

सतीघाट निर्माण समितिका अध्यक्ष राजु के.सीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष देवराज पन्थी समितिका कानुनी सल्लाहाकार सन्तोष तिवारीले समेत आफ्ना भनाई राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button