चन्द्रयात्राका लागि ट्वाइलेट बनाउनेलाई नासाले ३५ हजार डलर पुरस्कार दिने !

पोखरा । नासाले चन्द्रमामा प्रयोग गर्न सकिने ट्वाइलेटको डिजाइन गर्नेलाई ३५ हजार डलर पुरस्कार दिने भएको छ ।

सन् २०२४ मा पुन: मानवलाई चन्द्रमामा उतार्ने लक्ष्य बोकेको नासाले त्यसैका लागि उपयुक्त बाथरुमको डिजाइन खोजी गरेको हो । आर्टेसिम चन्द्रयान मार्फत हुन लागेको सो उडानमा महिला पुरुष दुवै यात्री हुने भएको हुँदा नासाले महिला पुरुष दुवैका लागि ट्वाइलेटको डिजाइन मागेको हो ।

नासाले ट्वाइलेटको डिजाइनमा हुनु पर्ने मापडण्दसमेत तोकेको छ । ट्वाइलेटको डिजाइन पानीको धेरै भन्दा धेरै संरक्षण गर्ने तथा ल्यान्डर भित्र गन्ध वा अन्य संक्रमण नफैलाउने खालको हुनु पर्नेछ । कसैलाई बान्ता भइहाले त्यसलाई पनि कमोड भित्र अन्तरीक्षको टाउको नहाली व्यवस्थापन गर्न सक्ने डिजाइनले बोनस अंक पाउने पनि नासाले जनाएको छ ।

त्यस्तै डिजाइनले २ सातासम्म २ अन्तरीक्षयात्रुको फोहोर सङ्कलन गर्ने र त्यसलाई यानबाट बाहिर फाल्ने व्यवस्था गर्न सक्नेपर्नेछ । ट्वाइलेट सजिलोसँग सफा गर्न मिल्ने खालको हुनु पर्नेछ र दोस्रो प्रयोगको लागि ५ मिनेटको समय तयार हुनु पर्नेछ ।

ट्वाइलेटको अन्य विशेषतामा ७० भन्दा कम वाट पावरको खपत गर्नुपर्नेछ भने औसत बाथरुम फ्यान भन्दा कम आवाज निकाल्ने हुनुपर्नेछ । त्यस्तै ट्वाइलेटको तौल पृथ्वीमा ३३ पाउण्ड तथा क्षेत्रफल ०.१२ घनमिटर भन्दा कम हुनुपर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button