पोखरा । गण्डकी प्रदेशमा थप ७ जना कोरोना संक्रमित थपिएका छन् ।
आइतबार दिउसो पोखरा महानगरपालिकाका १८ का ४५ बर्षीय पुरुषसहित गण्डकीका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
कास्कीको पोखराका एकसहित बागलुङका २ जना पुरुष , म्याग्दीका २ महिला, पर्वत र लमजुङका १/१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको हो ।
निर्देशनालयका अनुसार उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ । यससँगै प्रदेशमा संक्रमितको संख्या ८ सय ९५ पुगेको निर्देशनालयले जनाएको छ ।
त्यस्तै प्रदेशको विभिन्न जिल्लाहरुमा कोरोना संक्रमणबाट थप ४९ जना निको भएको पनि स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निको हुनेमा ४३ पुरुष र ६ महिला रहेको जनाइएको छ ।
प्रदेशमा हालसम्म १ सय ७० जना संक्रमण मुक्त भएका छन् भने कोरोनाबाट २ जनाले ज्यान पनि गुमाएका छन् ।