भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्वल

पोखरा । भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्वल बहादुर सिंह नियुक्त भएका छन् । यहि असार १० गतेको सदस्य सचिव स्तरीय निर्णयानुसार सोही मिति देखि लागु हुने गरि उनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको हो ।

काठमाण्डौ जिल्लामा कार्यरत प्रशिक्षक सिंहलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरि प्रमुख प्रशिक्षकमा नियुक्ति गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बहादुर वि.क.द्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।

२०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषदमा नियुक्त भएका सिंह २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए । ब्रम्ह स्पोर्ट्स क्लबबाट भलिबल खेल्ने सिंह आफ्ना समयका निकैनै राम्रा खेलाडीमा गनिन्थे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button