१८ औं आहा ! राराका उत्कृष्ट खेलाडी अजितलाई स्कुटर हस्तान्तरण

पोखरा । १८ औं आहा १ रारा गोल्ड कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट हुन सफल नेपाल पुलिस क्लबका खेलाडी अजित भण्डारीलाई एप्रिला स्कुटर हस्तान्तरणा गरिएको छ ।

एप्रिला स्कुटरको अधिकृत विक्रेता सिताज लाइफ स्टाइलका प्रवन्धक आशिष श्रेष्ठले भण्डारीलाई स्कुटर हस्तान्तरण गरेका हुन । १८ औं आहा रारा फुटबलको फाइनल खेल गत वर्षको चैत २ गते सम्पन्न भएपनि कोभिड १९ का कारण भएको लकडाउनले भण्डारीले ढिलो गरि स्कुटर प्राप्त गरेको कम्पनीले जनाएको छ ।

स्कुटर हस्तान्तरण कार्यक्रममा सहारा क्लवका अध्यक्ष केशव बहादुर थापा र पुर्व अध्यक्ष विक्रम थकाली समेतको उपस्थित रहेको थियो ।

भण्डारीलाई ६ सदस्यिय छनौट समितीले उत्कृष्ट खेलाडी घोषित गरेको थियो । समितीमा संयोजक महेश गुरुङ सदस्यहरु कृष्ण थापा, खेम गुरुङ, आनन्द रञ्जित र शम्भु कार्की तथा क्लवका तर्फबाट हरेराम गुरुङ (सुरज) रहेका थिए ।

गत २०७६ चैत्र २ गते पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा पुलिसलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै मनाङले उपाधी जितेको थियो ।

तस्विरः सुदर्शन रञ्जित

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button