पाकिस्तान स्टक एक्सचेञ्ज भवनमा आतंककारी हमला, ५ भन्दा बढीको मृत्यु

पाकिस्तान।  पाकिस्तान स्टक एक्सचेञ्ज भवनमा आतंककारी समूहले हमला गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान भवनको प्रवेशद्वारमा ग्रीनेड प्रहार गरेर छिरेका बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई प्रहरी सहित कम्तीमा ५ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार ३-४ जनाको समुहमा आएका आंतककारी सबै प्रहरी कारवाहीमा मारिएका छन् ।

घटनाको विस्तृत विवरण आइनसकेको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जनाइएको छ । स्टक भवन उच्च सुरक्षा जोनमा भएको र कैयौं निजी बैंकको प्रमुख कार्यालयसमेत सोही भवनमा रहेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button