भारतले खोल्यो १० हजार बेडको कोरोना अस्पताल

भारत । कोरोना संक्रमण बढ्दै गए पछि भारतले १० हजार बेड क्षमताको अस्पताल आइतबार देखि सञ्चालनमा ल्याएको छ ।

दिल्ली सरकारका अनुसार सरदार पटेल कोभिड केयर सेन्टर २ हजार बेडसहित आइतबार देखि आंशिक रुपमा सञ्चालनमा आएको हो । दिल्लीको छत्तरपुरमा रहेको अस्पताल बुधबार देखि पुर्ण क्षमतामा उपयोगमा आउने जनाइएको छ । अस्पतालको शनिबार नै भारतका गृहमन्त्री अमित शाह र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले संयुक्त उद्घाटन गरेका थिए ।

अस्पतालको प्रशासनिक र अन्य कामकारबाहीको जिम्मा इन्डो तिबेतन सीमा प्रहरी पाएको जनाइएको छ । आइतबार अस्पताल आंशिक सञ्चालनमा आएको दिनमै दिल्लीमा हालसम्मै सर्वाधिक कोरोना संक्रमित पुष्टि भएका थिए । महाराष्ट्र पछि कोरोनाबाट दिल्ली सर्वाधिक प्रभावित भएको छ ।

पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या साढे ५ लाख पुगेको छ भने कोरोनाबाट करिब साढे १६ हजारले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button