बङ्गलादेशमा डुङ्गा पल्टँदा २३ को मृत्यु

बङ्गलादेश । बङ्गलादेशमा डुङ्गा पल्टँदा कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

करिब १ सय यात्रु बोकेको सो डुङ्गा अर्को डुङ्गासँग ठक्कर खाएर बुरीगङ्गा नदीमा पल्टिएको थियो । डुङ्गा नदीमा पल्टँदा ६ महिला र ३ बालबालिकासहित कम्तिमा २३ जनाको ज्यान गएको जनाइएको छ ।

उद्धारकार्य जारी रहँदा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । घटनामा कति जना पौडेर सुरक्षित स्थानमा आइपुगे तथा अझै कति जना हराइरहेका भन्ने बारे अझै केही खुलिसकेको छैन ।

दुर्घटनाग्रस्त डुङ्गा मुन्सीगङ्गबाट ३३ किलोमिटरको दुरीमा रहेको राजधानी ढाका तर्फ आउँदै गरेको जनाइएको छ । बङ्गलादेशमा ओभरलोड तथा खराब मौसमका कारण डरलाग्दा डुङ्गा दुर्घटना हुँदै आएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button