नेपालमा थप ४ सय ७६ जनामा कोरोना पुष्टि

पोखरा । नेपालमा पछिल्लो २४ घन्टामा थप ४ सय ७६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले नियमित प्रेस ब्रिफिङमा ४ सय ७३ संक्रमित भेटिएको जानकारी दिएका हुन । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

गौतमका अनुसार हालसम्म देशका सबै ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै नेपालमा संक्रमित मध्ये ३ हजार १ सय ४२ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा स्वास्थ्य लाभ गर्नेको संख्या १ सय २९ रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button