सर्पको टोकाइबाट ५ बर्षीया बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१२ कालागौंडीका पाँच वर्षीया बालिका पुनम बोहराको सर्पले डसेर मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बालिकाको आज मृत्यु भएको स्थानीयवासी नरेन्द्र बोहराले जानकारी दिए ।

शनिबार राति कोठामा सुतिरहेका बेला सर्पले बालिकालाई डसेपछि अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि बालिकालाई सो अस्पतालमा पुर्‍याइएको उनले बताए । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button