ट्रम्पलाई समात्न इरानले जारी गर्यो पक्राउ पुर्जी, इन्टरपोलसँग सहयोग माग

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध इरानले पक्राउ पुर्जी जारी गर्दै इन्टरपोलसँग सहायता मागेको छ ।

इराकको बग्दादमा ड्रोन हमला गरेर आफ्ना सैन्य जनरलको हत्या गरेको भन्दै इरानले ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । इरानले घटनामा संलग्न रहेको भन्दै अन्य ३० भन्दा बढीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । गत जनवरीमा अमेरिकी ड्रोन हमला इरानको कुड्स फोर्स प्रमुख जनरल कासिम सुलेमानी मारिएका थिए ।

इरानले पक्राउ पुर्जी जारी भएका माथि रेड कर्नर नोरिस जारी गर्न पनि इन्टरपोललाई आग्रह गरेको छ । अन्तर्राष्ट्रिय प्रहरी इन्टरपोलले रेड कर्नर नोटिस जारी गरे सम्बन्धित राष्ट्रको प्रहरीले आरोपितलाई पक्राउ गर्न सक्छ । ट्रम्प राष्ट्रपतिबाट हटेपनि इरानले उनलाई पछ्याउन नछोड्ने बताएको छ ।

इन्टरपोलले भने यस विषयमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन । तर इन्टरपोललाई राजनीतिक प्रकृतिका गतिविधिमा आधारित रहेर यस्ता निर्णय लिन आफ्नै प्रोटोकलले निषेध गर्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button