गण्डकीमा थपिए ५३ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा थप ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

सोमबार साझ  गण्डकी प्रदेशका ५ जिल्लाका  थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

साझ बागलुङका ९  जना पुरुष तथा ५ महिला, स्याङजाका ८ पुरुष तथा २ महिला,  तनहुँका ५ पुरुष तथा ५ महिला ,पर्वतका १३ जना पुरुष  र गोरखाका ६  जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको  निर्देशनालयले जनाएको हो ।

निर्देशनालयका अनुसार उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ । यससँगै प्रदेशमा संक्रमितको संख्या ९ सय ४९ पुगेको छ ।

त्यस्तै प्रदेशको नवलपुर  जिल्लाका  १६ जना निको भएर घर फर्किएको  पनि  निर्देशनालयले जनाएको छ ।

प्रदेशमा हालसम्म २  सय १४  जना संक्रमण मुक्त भएका छन् । गण्डकीमा कोरोनाबाट हालसम्म  २ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button